हिले बजारमा पाँच वर्षपछि सडक बत्ती

धनकुटा | कात्तिक ३, २०८०

हिले बजारमा पाँच वर्षपछि सडक बत्ती हिले बजारमा सडक बत्ती जडान गर्दै प्राविधिक । तस्बिर : कबिराज घिमिरे

हिले:  धनकुटाको व्यापारिक तथा पर्यटकीय नगरी हिले बजारमा सडक बत्ती जडान गरिएको छ ।

 

धनकुटा नगरपालिका–१ को सक्रियतामा धनकुटा नगरपालिका, वडा नम्बर १ को कार्यालय, हिले बजार व्यवस्थापन समिति, हिले ब्याडमिन्टन क्लबलगायत विभिन्न संघसस्थाको सहयोगमा सडक बत्ती जडान गरिएको हो ।

 

हिले बजारको दुई किलो मिटरको क्षेत्रमा करिब सात लाख ५० हजार रुपियाँको लागतमा एक सय बढी सडक बत्ती जडान गरिएको धनकुटा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष ओङ्दा तामाङले जानकारी दिनुभयो ।

 

धनकुटाको हिलेमा पाँच वर्ष यता सडक बत्ती जडान हुन सकेको थिएन । यो भन्दा पहिले जडान गरिएको सडक बत्ती पाँच वर्ष पहिले सडक विस्तार ढल निर्माणको क्रममा भत्काइएपछि  हिले बजार रातको समयमा अन्धकार हुँदै आएको थियो ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्